Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

इच्छाकामनामा गरिमाको न्यायका लागि शान्तिपूर्ण प्रदर्शन

इच्छाकामनामा गरिमाको न्यायका लागि शान्तिपूर्ण प्रदर्शन

images

इच्छाकामना न्युज

७, भाद्र २०८३
इच्छाकामनामा गरिमाको न्यायका लागि शान्तिपूर्ण प्रदर्शन
images
मुग्लिन। गरिमा चौधरीको न्यायका लागि सरकारलाई दबाब दिन इच्छाकामना जेसीआई लगायत विभिन्न संघसंस्था तथा स्थानीय समुदायको संयुक्त पहलमा आज मुग्लिनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ।
 
गरिमामाथि भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शन गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिन, सिर्जनशील महिला जागरण केन्द्र, कर्तव्यनिष्ठ महिला समाज, सामुदायिक सेवा केन्द्र, होटल व्यवसायी लगायत विभिन्न संघसंस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
प्रदर्शनमा सहभागीहरूले न्यायको पक्षमा आवाज उठाउँदै गरिमाका लागि निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
 
कार्यक्रम सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण संघसंस्था, सुरक्षाकर्मी, स्थानीयवासी तथा शुभेच्छुकहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - १०:३०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology