Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

इच्छाकामनामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत, निवर्तमान बस्नेतको विदाई

इच्छाकामनामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत, निवर्तमान बस्नेतको विदाई

images

इच्छाकामना न्युज

५, भाद्र २०८३
इच्छाकामनामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत, निवर्तमान बस्नेतको विदाई
images

इच्छाकामना। चितवनको इच्छाकामना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृतको विदाई कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार आयोजित कार्यक्रममा लामो समयदेखि इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएका चन्द्रकान्त बस्नेत त्रिवेणी गाउँपालिका,नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सरुवा भई जानुभएकोमा विदाई गरिएको हो। त्यस्तै, नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाडौंबाट इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिई आउनुभएका लोक राज खत्रीलाई स्वागत गरिएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडा नं.४ का अध्यक्ष रुद्र प्रसाद उप्रेती, वडा नं. ५ का अध्यक्ष तेज बहादुर शेरचनसहित गाउँपालिकामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बस्नेतको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो भने नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।

images
प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - १७:१८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology