काठमाडौं।प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन् ।
‘सरकारले ५ शय्या र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको वर्षौं बितिसकेको छ । तर हालसम्म १७ प्रतिशत मात्रै निर्माण सम्पन्न भयो, उनले भनिन्, ‘तर त्यो डाटामा निर्माण सम्पन्न भएकामध्य पुनःसञ्चालनमा कति छन भन्ने डाटा छैन् । मापदण्डले तोके बराबर सबै पूरा गरेर पुनःसंचालनामा रहेकाहरुको पनि अनुगमन जरुरी छ ।’
उनले जनताको स्वास्थ्यमा लगानी गर्न सरकारले कहिल्यै कन्जुस्याइँ गर्न नहुने बताइन् ।उनले विकासको पहिलो सूचक भनेको नै स्वास्थ्य नागरिक भएको उल्लेख गर्दै भौतिक र मानसिक हिसाबले स्वास्थ्य भएका नागरिकले मात्र विकासमा आफ्नो भूमिका निर्वाह गर्न सक्ने बताइन् ।