Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

images

इच्छाकामना न्युज

१८, श्रावण २०८३
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
images

काठमाडौँ । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइती घरमा प्रदर्शन गरेका छन् ।

परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै माइती घरमा प्रदर्शन गरिएको हो । विभिन्न आठ बुँदे माग राख्दै नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, १२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १८, २०८३ सोमवार - १४:५१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology