Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट

इच्छाकामना न्युज

१, श्रावण २०८३
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ। प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ।

images

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा थप विद्युत कर लगाएका थिए ।

सरकारको निर्णयअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भने भ्याट लाग्ने छैन। त्यसभन्दा माथिको खपतमा लाग्ने विद्युत् महसुलमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ।

यस व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले अतिरिक्त भ्याट तिर्नुपर्नेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या ३० लाखभन्दा बढी छ। 

images
प्रकाशित मिति :श्रावण १, २०८३ शुक्रवार - ०८:१७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology