Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धार्मिक तथा सांस्कृतिक पर्यटनमा पनि अब्बल चितवन

धार्मिक तथा सांस्कृतिक पर्यटनमा पनि अब्बल चितवन

इच्छाकामना न्युज

१९, आषाढ २०८३
धार्मिक तथा सांस्कृतिक पर्यटनमा पनि अब्बल चितवन
images

वसन्त पराजुली, नारायणगढ । वन्यजन्तु पर्यटनका लागि विश्वमा नै परिचित चितवन पछिल्लो समय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ । जिल्लाभर फैलिएका प्राचीन मन्दिर, आश्रम, ऐतिहासिक धार्मिक स्थल तथा विभिन्न जातजातिको मौलिक संस्कृति पर्यटन प्रवर्धनका महìवपूर्ण आधार बनेका हुन् ।

images
images

पर्यटनविज्ञ डा. विश्व सुवेदी वन वन्यजन्तु र जैविक विविधतासँगै धार्मिक तथा सांस्कृतिक पर्यटनमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । “चितवनमा रहेका देवघाटधाम, वाल्मीकि आश्रम, सोमेश्वरगढी, त्रिवेणीधाम, इच्छाकामना मन्दिर, कालिका भगवतीमाई मन्दिर, श्रीकृष्ण प्रणामी धर्मधाम, भीमवलीबाबा, लट्टेश्वर महादेव, मौलाकालिकालगायतका धार्मिक स्थलमा वर्षभरि आन्तरिक तथा भारतीय श्रद्धालु र पर्यटकको आगमन हुने गरेको छ,” उहाँले थप्नुभयो । उहाँका अनुसार माघेसङ्क्रान्ति, माघेऔँसी, चैतेदसैँ, महाशिवरात्रि, एकादशी, विवाह पञ्चमी तथा अन्य धार्मिक पर्वमा सहभागी हुने भक्तजनलाई धार्मिक पर्यटनले व्यवस्थित गराएर पर्यटन प्रवर्धनमा उपयोग गर्न सक्नु पर्छ । 

धार्मिक पर्यटनसँगै चितवनको सांस्कृतिक विविधताले पनि पर्यटकलाई आकर्षित गरिरहेको उहाँले जनाउनुभयो । 

“थारू, चेपाङ, गुरुङ, दराई, बोटेलगायतका समुदायका मौलिक संस्कृति, परम्परा, वेशभूषा, लोकनृत्य, लोकसङ्गीत, खानाका परिकार तथा होमस्टे कार्यक्रमले आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय जीवनशैलीसँग प्रत्यक्ष रूपमा परिचित गराइरहेका छन्,” उहाँले भन्नुभयो । 

इच्छाकामना गाउँपालिकाको चेपाङ हिल ट्रेल, सौराहा र मेघौली क्षेत्रका थारू सांस्कृतिक कार्यक्रम, कुमरोज, कठार तथा परेवाकोट क्षेत्रका स्थानीय संस्कृति तथा धार्मिक सम्पदाले चितवनको पर्यटनलाई वन्यजन्तु अवलोकनमा मात्र सीमित नराखी बहुआयामिक बनाएका छन् । 

भरतपुर धार्मिक तथा पर्यापर्यटन विकास समितिका अध्यक्ष दिनेशकुमार चुके स्थानीय तहहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पूर्वाधार विकास, होमस्टे विस्तार, पदमार्ग, विश्रामस्थल, सूचना केन्द्र तथा पर्यटनमैत्री संरचना निर्माणलाई प्राथमिकता दिँदा पर्यटन प्रवर्धनमा टेवा पुगेको बताउनुहुन्छ । “धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत स्थानीय रोजगारी, आयआर्जन र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । यसलाई संस्थागत विकासका लागि सरोकार निकायबिच सहकार्य जरुरी छ,” उहाँले भन्नुभयो । 

पर्यटन विज्ञका अनुसार चितवनको पहिचान अब केवल राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमा सीमित नरही धार्मिक आस्था, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधताको समन्वय भएको समग्र पर्यटन गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।    

images
प्रकाशित मिति :आषाढ १९, २०८३ शुक्रवार - ०८:०५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology