Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने दुई जना पक्राउ

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने दुई जना पक्राउ

इच्छाकामना न्युज

१८, आषाढ २०८३
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने दुई जना पक्राउ

चितवन।चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनिहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो । उनिहरुलाई चितवन ल्याइदै छ,प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्नुभयो,थप अनुसन्धानबाट खुल्नेछ ।

images

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्।

घटनापछि घाइते भएका चन्द्र कान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्।
उनका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। “हिजो अदालतमा मुद्दाको सुनुवाइ थियो। उनीहरूले हारे, गाउँपालिकाले जित्यो। त्यसको रिसमा ‘हामीलाई मुद्दा किन हराइस्’ भन्दै ममाथि कुटपिट गरियो,” उनले भने ।
आक्रमणका क्रममा आफूलाई ज्यान तथा परिवारमाथि समेत धम्की दिइएको उनको भनाइ छ। “तँले हामीलाई असहयोग गरिस्, तलाई जे पनि गर्छौं, तेरो परिवारलाई समेत जे सुकै गर्न तयार छौँ भन्ने धम्की दिँदै कार्यकक्षमै आएर हातपात गरे,” भने । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। बस्नेतको हाल इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको र चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०८३ बिहिवार - १५:५१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology