Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

निर्माण व्यवसायीद्वारा कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक आक्रमण,अस्पतालमा उपचार हुँदै

निर्माण व्यवसायीद्वारा कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक आक्रमण,अस्पतालमा उपचार हुँदै

images

इच्छाकामना न्युज

१८, आषाढ २०८३
निर्माण व्यवसायीद्वारा कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक आक्रमण,अस्पतालमा उपचार हुँदै
images

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ। घटनापछि घाइते भएका चन्द्र कान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्।

उनका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। “हिजो अदालतमा मुद्दाको सुनुवाइ थियो। उनीहरूले हारे, गाउँपालिकाले जित्यो। त्यसको रिसमा ‘हामीलाई मुद्दा किन हराइस्’ भन्दै ममाथि कुटपिट गरियो,” उनले प्रशासन सिंहदरवार विशेष ब्युरोसँग भने ।

आक्रमणका क्रममा आफूलाई ज्यान तथा परिवारमाथि समेत धम्की दिइएको उनको भनाइ छ। “तँले हामीलाई असहयोग गरिस्, तलाई जे पनि गर्छौं, तेरो परिवारलाई समेत जे सुकै गर्न तयार छौँ भन्ने धम्की दिँदै कार्यकक्षमै आएर हातपात गरे,” उनले बताएका छन्।

कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। हाल इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाउँपालिकाभित्रै प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमणले सार्वजनिक पदमा कार्यरत कर्मचारीको सुरक्षा तथा कानुनी शासनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०८३ बिहिवार - १४:००:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology