Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट

images

इच्छाकामना न्युज

१८, आषाढ २०८३
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट
images

भरतपुर। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ।

गाउँपालिकाका अनुसार बिहीबार बिहान निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको समूहले कार्यालयमै प्रवेश गरी बस्नेतमाथि सांघातिक आक्रमण गर्नुका साथै ज्यान मार्ने र परिवारलाई समेत धम्की दिएको आरोप छ।

ढुंगा–गिट्टी उत्खननको विषयलाई लिएर घटना भएको प्रारम्भिक जानकारी छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ भने गाउँपालिकाले दोषीमाथि कडा कारबाही र कर्मचारीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेको छ। आरोपित पक्षको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।cbd768ef-b6b5-4f04-8def-20fb4b015d3c.jfif

images
प्रकाशित मिति :आषाढ १८, २०८३ बिहिवार - १३:२०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology