Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी

इच्छाकामना न्युज

११, आषाढ २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
images

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान भइरहेको छ ।

images
images

गएराति साढे १२ बजेबाट सुरु भएको मतदान आज बिहान ११ बजेसम्ममा सकिने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

रास्वपाको केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ केन्द्रीय सदस्य निर्वाचन मार्फत चुनिने छन् । जसका लागि ३८४ जनाको उम्मेदवारी रहेको छ । बाँकी पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ। पार्टीको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा ८ जना पदाधिकारीका लागि मतदान हुनेछ ।

राति अबेरसम्म मतदान प्रक्रियामा ढिलाइ हुँदा प्रतिनिधिहरुले नेतृत्वविरुद्ध नारावाजी सुरु गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - ०७:४९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology