Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो

इच्छाकामना न्युज

११, आषाढ २०८३
बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो
images

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ ।

images
images

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् ।

बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र सहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।

उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुँन् ।

पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - ०७:४५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology