Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा चप्पल बनाउने १५ दिने तालिम सम्पन्न

देवघाटमा चप्पल बनाउने १५ दिने तालिम सम्पन्न

images

इच्छाकामना न्युज

१, आषाढ २०८३
देवघाटमा चप्पल बनाउने १५ दिने तालिम सम्पन्न
images

देवघाट । तनहुँको देवघाट गाउँपालिका–५ स्थित गाउँपालिका सिटी हलमा मधुवन सामुदायिक वनको आयोजना तथा देवघाट गाउँपालिकाको साझेदारीमा सञ्चालित १५ दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ। जेठ १८ गतेदेखि सञ्चालन भएको तालिम सोमबार समापन गरिएको हो। तालिममा ६ वटा महिला समूहबाट ३६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। प्रशिक्षक खगीसरा नेपालीले तालिम प्रदान गर्नुभएको थियो।

721575517_979125618087386_7629251120312812003_n.jpg

समापन कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा गण्डकी वन महासंघका सचिव केशवचन्द्र न्यौपाने, स्थानीय वन महासंघका अध्यक्ष प्रविन कार्की, गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, रानी सामुदायिक वनका अध्यक्ष टुंकनाथ अधिकारी, कालिका सामुदायिक वनका अध्यक्ष अमरबहादुर फेवाली, चक्रवर्ती सामुदायिक वनका उपाध्यक्ष खेमबहादुर रानामगरलगायतको उपस्थिति रहेको थियो।

724789808_979125358087412_1176081008761264063_n.jpg

मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई सीपमूलक तालिमले स्वरोजगार तथा आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।

images
प्रकाशित मिति :आषाढ १, २०८३ सोमवार - १५:१०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology