देवघाट । विश्व वातावरण दिवसको अवसरमा देवघाटधाम जेसीजले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष सञ्चालन गर्दै आएको वातावरण संरक्षण अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।
कार्यक्रम संयोजक तथा देवघाटधाम जेसीज वर्ष–२०२६ का उपाध्यक्ष जेसी अर्जुन सापकोटाका अनुसार समी, रक्तचन्दन, जाकारान्डालगायत विभिन्न प्रजातिका फूल तथा बिरुवा गरी ५० भन्दा बढी बिरुवा रोपिएको छ।
हरियाली प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ पिपलटारस्थित भर्जन कालिकामाई मन्दिर परिसर तथा आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको देवघाटधाम जेसीज वर्ष–२०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले जानकारी दिनुभयो।
कार्यक्रममा देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष जेसी रघु मल्ल, भर्जन कालिकामाई मन्दिरका अध्यक्ष केशवचन्द्र न्यौपानेलगायत जेसीजका बोर्ड सदस्यहरूको सहभागिता रहेको थियो।