Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रोड युएफसीमा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित

रोड युएफसीमा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित

इच्छाकामना न्युज

१४, जेठ २०८३
रोड युएफसीमा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित
images

काठमाडौँ, जेठ १४ गते । नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको हो ।

images
images

विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उहाँले सोझो जित निकाल्नु भएको हो ।  ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बन्नुभएको छ । 

नेपालका रविन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै 'नकआउट' जित सुनिश्चित गर्नुभएको हो ।

पहिलो राउन्डको सुरुवाती मिनेटमा केही असहज परिस्थितिको सामना गरे पनि उहाँले आक्रामक रक्षा गर्दै प्रतिद्वन्द्वीका हरेक प्रहारको कडा जवाफ फर्काउनुभयो । दोस्रो राउन्डमा  'क्लिन्च' को उत्कृष्ट प्रयोग गर्दै विपक्षाी जोनलाई पूर्णरूपमा दबाबमा राख्नुभयो ।

नेपालको बझाङका फाइटर ढाँटले अब बहुप्रतीक्षित युएफसी सम्झौता प्राप्त गर्नका लागि अझै दुई वटा भिडन्त जित्नुपर्ने छ र 'रोड टु युएफसी सिजन ५' को ब्यान्टमवेट विधाको ८-फाइटर सम्मिलित 'सिङ्गल-एलिमिनेसन' प्रतियोगिताको च्याम्पियन बन्नुपर्ने छ ।

'रोड टु युएफसी' मा आबद्ध हुनुअघि व्यावसायिक एमएमए ढाँटको नाममा ९ जित र १ हारको कीर्तिमान थियो ।

images
प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १९:४९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology