Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै, मन्त्रीहरुलाई भने २४ घण्टा भित्र सरकार छाड्न निर्देशन

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै, मन्त्रीहरुलाई भने २४ घण्टा भित्र सरकार छाड्न निर्देशन

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै, मन्त्रीहरुलाई भने २४ घण्टा भित्र सरकार छाड्न निर्देशन

काठमाण्डौ, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहेको जनाएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

images

नेकपा एमालेको केपी ओली पक्षले हिजो विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो । ओली नेतृत्वको सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने र एमाले केन्द्रीय कमिटीमा समाहित भएका नेताहरूलाई स्थिति स्पष्ट पार्न निर्देशन दिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको नेताहरुले बताएका छन् । 

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जनता समाजवादी पार्टी जसपालाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । माओवादी मुख्यालय पेरिसडाडामा आज दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो । यद्यपि जसपा नेताहरूले यो विषयमा कुनै प्रतिबद्धता भने जनाएका छैनन् । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, जसपा अध्यक्षत्रय महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो लगायतका नेताहरू सहभागी थिए । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १९:०७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology