Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अमेरिकामा जुलाई ४ लाई कोरोनाबाट स्वतन्त्र भएको दिनको रुपमा मनाउने तयारी  

अमेरिकामा जुलाई ४ लाई कोरोनाबाट स्वतन्त्र भएको दिनको रुपमा मनाउने तयारी  

एजेन्सी

२९, फाल्गुण २०७७
अमेरिकामा जुलाई ४ लाई कोरोनाबाट स्वतन्त्र भएको दिनको रुपमा मनाउने तयारी  

अमेरिकी राष्ट्रपति जो बाइडेनले सबैले कोरोना विरुद्धको खोप लगाएर आगामी जुलाई ४ लाई कोरोनाबाट स्वतन्त्र भएको घोषणा गर्न सकिने बताउनु भएको छ । सबैले समयमै खोप लगाएमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सभाको आयोजना गर्न सकिने उहाँको भनाइ छ ।

images

बाइडेनले आगामी मे १ सम्ममा १८ वर्षमाथिका सबै वयस्कहरुका लागि खोप लगाउन सुरु गर्न निर्देशन समेत दिनु भएको छ । अहिले उमेर र स्वास्थ्य स्थितिका आधारमा प्राथमिकता तोकेर खोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो प्राइम टाइम भाषण गर्नु भएका बाइडेनले जुलाइ ४ लाई भाइरसबाट समेत स्वतन्त्र भएको दिनको रुपमा मनाउनु पर्नेमा जोड दिनुभएको छ ।

अमेरिकामा कोरोनाविरुद्धको खोप बोकेको मोबाइल युनिट नै समुदायमा पुगेर खोप लगाउने छन् । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:१६:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology