Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आज विश्व नृत्य दिवस, विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज विश्व नृत्य दिवस, विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

images

इच्छाकामना न्युज

१६, बैशाख २०८३
आज विश्व नृत्य दिवस, विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै
images

काठमाण्डौ । आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा नृत्यलाई सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस वर्ष विश्वभर ‘समावेशीता, सांस्कृतिक विविधता, र आन्दोलनको विश्वव्यापी भाषा’भन्ने मूल नाराकासाथ नृत्य दिवस मनाईँदै छ ।

सन् १९८२ मा आईटीआई को नृत्य समितिले युनेस्कोको सहकार्यमा यस दिवसको सुरुआत गरेको हो। प्रत्येक वर्ष अप्रिल २९ मा यो दिवस मनाइन्छ, जुन आधुनिक ब्यालेका जनक मानिने Jean–Georges Noverre को जन्मदिनको स्मरणमा मनाउन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय नृत्य दिवसको मुख्य उद्देश्य नृत्यलाई केवल मनोरञ्जनको माध्यम नभई शिक्षा, स्वास्थ्य, अनुशासन, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्नु हो। यस दिन विश्वभर नृत्य प्रस्तुति, कार्यशाला, सेमिनार, प्रदर्शनी, सम्मान कार्यक्रम तथा सांस्कृतिक उत्सव आयोजना गरिन्छ।

नेपालमा पनि लोक, शास्त्रीय, आधुनिक, समकालीन तथा विभिन्न जातीय समुदायका मौलिक नृत्यहरूको संरक्षण र प्रवद्र्धनका लागि यो दिवस विशेष रूपमा मनाइन्छ। सांस्कृतिक संस्थाहरू, नृत्य विद्यालय, कलाकार तथा विद्यार्थीहरूले विविध कार्यक्रममार्फत नेपाली नृत्य परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गर्दै आएका छन्।

नृत्यले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन, आत्मविश्वास र सामाजिक सम्बन्धलाई पनि मजबुत बनाउँछ। तनाव कम गर्ने, स्वास्थ्य सुधार गर्ने तथा सकारात्मक ऊर्जा दिने माध्यमका रूपमा पनि नृत्यलाई महत्वपूर्ण मानिन्छ।

images
प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - ०८:०९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology