काठमाडौं ,२८ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।
साथै बैठकमा संसदीय दलको विधान निर्माणका विषयमा छलफल भएको छ। संसदीय दलको नेता चयन गर्ने भनिएपनि विधान निर्माण भइनसकेकोले नेता चयन नभएको बताइएको छ।