Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए

अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए

इच्छाकामना न्युज

१४, बैशाख २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अतिक्रमित सुकुम्वासी बस्ती हटाउने क्रममा हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काएको जनाएको छ । शनिबारदेखि सुरु भएको अभियान जारी रहेको र अझै ३ सय ७८ वटा घर–टहरा हटाउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

images

प्रहरीका अनुसार काठमाडौँ उपत्यकाअन्तर्गत थापाथली, गैरीगाउँ–बानेश्वर, मनोहरा जडीबुटी (काठमाडौँ) र मनोहरा बस्ती (भक्तपुर) क्षेत्रमा गरी कुल १ हजार ६ सय ५० वटा घर–टहरा रहेका थिए ।

थापाथली क्षेत्रमा शनिबार १४३ वटा घर–टहरा पूर्ण रूपमा भत्काइएको छ । उक्त स्थानका ३४ परिवारका जम्मा ११५ जनालाई उद्धार गरी कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, गैरीगाउँ बानेश्वर क्षेत्रमा कुल ५७८ वटा घर–टहरा रहेका थिए, जसमा २१५ वटा पक्की र ३६३ वटा कच्ची घर थिए ।

शनिबार ५६० वटा घर–टहरा भत्काइएको थियो भने आइतबार थप ५ वटा भत्काइएपछि हालसम्म ५६५ वटा हटाइएको छ । उक्त क्षेत्रमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी रहेको छ ।

यसैगरी, मनोहरा जडीबुटी क्षेत्रमा आइतबार ११४ वटा घर–टहरा सबै भत्काइएको छ । उक्त स्थानमा करिब ५५० देखि ६०० जनासम्म प्रभावित भएको अनुमान गरिएको छ ।

मनोहरा बस्ती भक्तपुरतर्फ भने कुल ८१५ वटा घर–टहरा रहेकामा ७७० वटा पक्की र ४५ वटा कच्ची संरचना रहेका थिए । तीमध्ये ४५० भन्दा बढी घर–टहरा भत्काइएको छ भने अझै करिब ३६५ वटा हटाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले प्रभावित परिवारहरूको व्यवस्थापन तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - ०९:०१:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology