Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

काठमाण्डौमा सुकुमबासीको उठीवास लाउदै बालेन सरकार, चितवनमा भने पुर्जा वितरण गर्दै भूमी आयोग

काठमाण्डौमा सुकुमबासीको उठीवास लाउदै बालेन सरकार, चितवनमा भने पुर्जा वितरण गर्दै भूमी आयोग

images

इच्छाकामना न्युज

१३, बैशाख २०८३
काठमाण्डौमा सुकुमबासीको उठीवास लाउदै बालेन सरकार, चितवनमा भने पुर्जा वितरण गर्दै भूमी आयोग
images

भरतपुर । सरकारले काठमाडौँको थापाथलीलगायतका ठाउँमा सुकुमबासी बस्ती शनिबार खाली गराएको छ । वास्तविक सुकुमबासी अब कहाँ गएर बस्ने भन्ने समस्यामा छन् । ६८ बढी परिवार त सरकारको सम्पर्कमा पुगिसकेका छन् । राजधानीमा सुकुमबासीको उठीवास लागिरहँदा चितवनमा सुकुमबासीहरुलाई जग्गा धनीपुर्जा वितरण भइरहेको छ ।

कार्यसम्पादनमा नेपालकै उत्कृष्ट जिल्ला ठहरिएको चितवनमा उल्लेखीय संख्यामा पुर्जा वितरण भइरहेको छ । २०८१ माघ ३ गतेदेखि पदभार ग्रहण गरेका भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामाले पुर्जा वितरणको कामलाई तीव्र पारेको बताउँछन् । उनी भन्छन्, ‘छोटो समयमा धेरै उपलब्धि हात पार्नुमा कर्मचारी र आयोगका सदस्य तथा अन्य सरोकारवालाहरुको सहयोग रहेको छ ।’

अध्यक्ष भएपछि चितवनमा ७८७ वटा लालपुर्जा वितरण गरेको उनले बताए । बागमती प्रदेशका १२ जिल्लाले जम्मा २५३ वटामात्रै वितरण गरिरहँदा चितवनमा झन्डै आठ सय पुर्जा वितरण भएको छ । अध्यक्ष लामाका अनुसार धेरै संख्यामा सुकुमबासी लाभान्वित भएका हुन् । देशभरिमै सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने जिल्ला पनि चितवन भूमि आयोग नै हो । १४ करोड ८० लाखजति राजस्व सङ्कलन भएको छ ।

‘म नियुक्त भएको १५ महिनाजति भयो, तर काम जम्मा ३ महिनाजति गर्न पाएँ’, अध्यक्ष लामाले भने, कहिले कर्मचारी नै नपठाउने, कहिले जेनजी आन्दोलनको समय, कहिले आयोगलाई काम नै नगर्नू भनेपछि ५ महिनाजति निष्क्रिय हुन बाध्य भइयो ।’

जेनजी आन्दोलनको क्रममा मात्रै ७५ प्रतिशत कागजातहरु जलेको थियो । ‘जलेका फाइलभित्रका सग्लो कागज जम्मा गरेर प्रमाण जुटाएर पुर्जा बाँड्ने काम गरेँ, तर अरु जिल्लामा जेनजी आन्दोलनपछि आयोगको काम नै अघि बढेको छैन’, उनले भने ।

जलेका फाइलहरुका खरानी टकटक्याउँदै पुर्जा दिने काम धमाधम भइरहेको छ । बागमती प्रदेशमा अरु १२ वटा जिल्लाहरुले वितरण गरेको जम्मा संख्याभन्दा पनि चितवन जिल्ला एउटैले वितरण गरेको लालपुर्जाको संख्या तेब्बरले बढी छ ।

जेनजी सरकार गठनपछि आयोग नै खारेज हुनु, केही महिनापछि सर्वोच्च अदालतबाट पुनस्र्थापना हुनु, त्यसपछि तुरून्तै निर्वाचन आचारसंहिता लागू हुनु आदि कारणले काम गर्ने समय नै पर्याप्त भएन, तर पनि छोटो समयमा भएको कामको उच्च प्रशंसा भइरहेको छ ।

‘भरतपुर–२३, २४, १६, ८, १२, रत्ननगर–१२, १३ र राप्ती–६, ९, ११ लगायतका ४८५ भन्दा बढीलाई लालपुर्जा दिलाउन सफल भएँ’ अध्यक्ष लामा भन्छन्, ‘पुर्जा पाउँदा उनीहरुमा छाएको खुसी, हामी सबैको खुसी हो ।’

आन्दोलनमा जलेका राप्ती–१ का १ हजार ९६० वटा कित्ताका फाइलहरु, भरतपुर–२३, २४, २५, २६, १६, १२, माडी र इच्छाकामना–४ लगायतका १ हजार ३०० कित्ताका फाइल गरी करिब २ हजार ४६० बटा कित्ताहरुको पुनः फाइल निर्माण गरी राजस्व भौचर प्राप्त भएपश्चात् लालपुर्जा तयार गर्ने काम अन्तिम चरणमा रहेको छ ।

लामा यसअघि राप्ती नगरपालिकाका उपप्रमुख थिए । सोही बखत उनले राज्यले दिने सेवासुविधाबाट पाउने रकम खर्च गरी ६ वटा घर दलित तथा विपन्नका लागि बनाएका थिए । उपप्रमुख हुनुअघि उनी लुम्बिनी विकास कोषको कार्यकारी निर्देशक भएर पनि काम गरे ।

पुस्तौँपुस्तादेखि लालपुर्जाविहीन भएर बसेका सुकुमबासीहरुले पुर्जा पाउँदा खुसी लागेको उनीहरुको भनाइ छ । रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिका–११, १५, र २६ का समेत गरी ३०२ जनाले पुर्जा पाएका छन् । चितवनपोष्टबाट

images
प्रकाशित मिति :बैशाख १३, २०८३ आइतवार - १५:३०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology