Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बढ्न थाल्यो गर्मी, कुन ठाउँको तापक्रम कति ?

बढ्न थाल्यो गर्मी, कुन ठाउँको तापक्रम कति ?

images

इच्छाकामना न्युज

७, बैशाख २०८३
बढ्न थाल्यो गर्मी, कुन ठाउँको तापक्रम कति ?
images

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजका लागि देशका विभिन्न सहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ ।

आज बिहान ८ः०० बजे जारी गरिएको विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने देखिएको छ ।

आज दिउँसोको अधिकतम तापक्रम हेर्दा दिपायल, धनगढी र नेपालगन्ज सबैभन्दा तातो हुने अनुमान गरिएको छ । यी सहरहरूको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने देखिएको छ । यस्तै, भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने प्रक्षेपण गरिएको छ ।

संघीय राजधानी काठमाडौँको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस बीच रहने छ भने न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने अनुमान छ । पहाडी भेगका अन्य सहरहरू जस्तै पोखरामा २९–३१ डिग्री, धनकुटामा २८–३० डिग्री र ओखलढुङ्गामा २५–२७ डिग्री सेल्सियस तापक्रम रहने देखिन्छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा भने मौसम निकै चिसो रहने छ । जोमसोमको न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस सम्म झर्ने पूर्वानुमान गरिएको छ । जिरी र जुम्लामा पनि न्यूनतम तापक्रम क्रमशः १०–१२ र ६–८ डिग्री सेल्सियस रहने देखिन्छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन र प्रशस्त पानी पिउन सुझाव दिएका छन् ।

images
प्रकाशित मिति :बैशाख ७, २०८३ सोमवार - १०:५६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology