Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बलात्कार मुद्दामा दोषी ठहर बुरु राना १७ वर्षपछि पक्राउ

बलात्कार मुद्दामा दोषी ठहर बुरु राना १७ वर्षपछि पक्राउ

इच्छाकामना न्युज

२, बैशाख २०८३
बलात्कार मुद्दामा दोषी ठहर बुरु राना १७ वर्षपछि पक्राउ

काठमाडौं । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जनाएको छ ।

images

रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी त्यहीँ बेलादेखि फरार थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०८३ बुधवार - ०८:४३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology