Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

उपसभामुख निर्वाचन : मनोनयन दर्ता आज

उपसभामुख निर्वाचन : मनोनयन दर्ता आज

images

इच्छाकामना न्युज

२६, चैत्र २०८२
उपसभामुख निर्वाचन : मनोनयन दर्ता आज
images

काठमाडौं । प्रतिनिधि सभा उपसभामुखका लागि आज उमेदवारी दर्ताको कार्यतालिका रहेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा आज दिउसो २ः ३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी उपसभामुखको निर्वाचन शुक्रबार हुने गरि सभामुख डिपी अर्यालले मिति तोकेका छन् ।

शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने तय भएको छ । उपसभामुख सभामुख भन्दा फरक दलको हुनुपर्ने भएकाले विपक्षी दलहरुबाट उम्मेदवारी पर्ने भएको छ । संबैधानिक व्यवस्था अनुसार पुरुष सभामुख भएकाले उपसभामुख महिला बन्ने निश्चित छ । प्रतिनिधि सभामा रास्वपा दुई तिहाई बहुमत निकट रहेकाले उसको समर्थन पाउने दलले उपसभामुख पाउने छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०८२ बिहिवार - ०८:३५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology