Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कुर्सीको दौडमा जसपा छैनः अध्यक्ष डा. बाबुराम भट्टराई

कुर्सीको दौडमा जसपा छैनः अध्यक्ष डा. बाबुराम भट्टराई

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७७
कुर्सीको दौडमा जसपा छैनः अध्यक्ष डा. बाबुराम भट्टराई
images

काठमाडौं, २८ फागुन । नेकपा (एमाले) संगको सत्तासमिकरणबारे जनता समाजवादी पार्टी (जसपा) का संघीय परिपद् अध्यक्ष डा. बाबुराम भट्टराईले फरक प्रतिक्रिया दिएका छन ।

सत्तासमिकरणका लागि बिहीबार जनता समाजवादी पार्टीका शीर्ष नेताको टोली र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको जसपाका नेताहरुले बताए पनि अध्यक्ष भट्टराईले आफुहरु कुर्सीको दौडमा नरहेको बताएका हुन ।

जसपाका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार साँझ बालुवाटारमा ३ घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसंगको छलफलमा आफूसमेत सहभागी हुने भनेर पार्टीको पदाधिकारी बैठकले निर्णय गरेको भए पनि डा. भट्टराई अन्तिम समयमा बालुवाटार गएका थिएनन् ।

‘देश अत्यन्तै गम्भीर संकटमा फँसेका बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेका बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुको सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’

बिहीबार राति डा. भट्टराई सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपा त्यो मुसादौडमा छैन है !’

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०७:५५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology