Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सिमलढापमा सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सिमलढापमा सम्पन्न

images

इच्छाकामना न्युज

२१, चैत्र २०८२
इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सिमलढापमा सम्पन्न
images

सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८२।८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ स्थित सिमलढापमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरुको जिज्ञासा तथा प्रश्नको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत जनप्रतिनिधहरुले जवाफ दिनुुभएको थियो । 

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाको यस चालु आर्थिक बर्षको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ,वडाध्यक्षहरु,विभिन्न संघसस्थाका प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, कर्मचारी लगायत स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र २१, २०८२ शनिवार - ०८:३३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology