Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

फेसबुकमा नक्कली खाता खोली ९० लाख रकम ठग्ने लमजुङ दुधपोखरीकी वनकुमारी गुरुङ परे पक्राउ

फेसबुकमा नक्कली खाता खोली ९० लाख रकम ठग्ने लमजुङ दुधपोखरीकी वनकुमारी गुरुङ परे पक्राउ

images

इच्छाकामना न्युज

२०, चैत्र २०८२
फेसबुकमा नक्कली खाता खोली ९० लाख रकम ठग्ने लमजुङ दुधपोखरीकी वनकुमारी गुरुङ परे पक्राउ
images

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी रु ९० लाख ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, ‘सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चार जना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी रु ९० लाख जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न निज गुरुङलाई पक्राउ गरिएको हो ।’

गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी आज ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

images
प्रकाशित मिति :चैत्र २०, २०८२ शुक्रवार - ०७:४५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology