Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

गभर्मेन्ट कुरिअर सर्भिस : लाइसेन्स, नागरिकता र राहदानी घरमै डेलिभरी हुने

गभर्मेन्ट कुरिअर सर्भिस : लाइसेन्स, नागरिकता र राहदानी घरमै डेलिभरी हुने

images

इच्छाकामना न्युज

१५, चैत्र २०८२
गभर्मेन्ट कुरिअर सर्भिस : लाइसेन्स, नागरिकता र राहदानी घरमै डेलिभरी हुने
images

काठमाडौं । सरकारले लाइसेन्स, राहदानी (पासपोर्ट) र नागरिकता जस्ता महत्त्वपूर्ण प्रमाणपत्रहरू नागरिकको घरमै डेलिभरी गर्ने व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर २७ मा आधारित यो योजना अघि सारिएको हो।

योजनाअनुसार हालको हुलाक सेवालाई पूर्ण रूपमा आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’ को रूपमा विकास गरिनेछ। यो सेवामार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सरकारी कागजात र सामग्रीहरू सुरक्षित रूपमा नागरिकको घरमै पुर्‍याउने सुनिश्चित गरिनेछ।

सरकारले यो व्यवस्था आगामी १०० दिनभित्रै लागू गर्ने लक्ष्य राखेको छ। प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई चुस्त बनाउन र नागरिकलाई सास्तीमुक्त बनाउन यो कदम चालिएको सरकारले जनाएको छ । हालसम्म लाइसेन्सका लागि वर्षौं र राहदानीका लागि हप्तौँ कुर्नुपर्ने र कार्यालयमा पटक-पटक धाउनुपर्ने बाध्यता छ ।

यो व्यवस्था लागू भएमा अनलाइनबाट आवेदन दिएपछि तयार भएका कागजात कुरियरमार्फत सिधै घरमै प्राप्त हुनेछ। यसले सरकारी सेवामा नागरिकको पहुँच सहज बनाउने, समयको बचत गर्ने र प्रशासनिक झन्झटलाई अन्त्य गर्ने विश्वास लिइएको छ। सरकारको यो निर्णयले विशेष गरी दुर्गम क्षेत्रका र व्यस्त नागरिकहरूलाई ठूलो राहत पुग्ने देखिन्छ।

images
प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - ०७:०४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology