Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

फेरि एक पटक शान्तिपूर्ण क्रान्ति गर्ने मनस्थितिमा छुः प्रचण्ड 

फेरि एक पटक शान्तिपूर्ण क्रान्ति गर्ने मनस्थितिमा छुः प्रचण्ड 

इच्छाकामना न्युज

२७, फाल्गुण २०७७
फेरि एक पटक शान्तिपूर्ण क्रान्ति गर्ने मनस्थितिमा छुः प्रचण्ड 

काठमाण्डौ, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक शान्तिपूर्ण क्रान्ति गर्ने मनस्थितिमा रहेको बताउनुभएको छ । माओवादी निकट स्वास्थ्यकर्मीको पेरिसडाँडा कोटेश्वरमा आज भएको कार्यक्रममा बोल्दै प्रचण्डले उमेर ढल्किंदै गएपनि आफू चुप लागेर नबस्ने बताउनुभयो ।

images

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्षको भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उहाँले भन्नुभयो, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’ नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गर्नुभएका प्रचण्डले फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोंच बनाएको पनि बताउनुभयो ।

राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेको पनि प्रचण्डको भनाइ छ । ‘ठूला षड्यन्त्र भइरहेको छ । राजनीतिक परिर्वतनमाथि हमला भइरहेको छ । फेरि आफ्नै खुट्टामा उभिने र पुराना साथीलाई एकतावद्ध गर्दै क्रान्तिकारीहरू माथि नै भर पर्ने पनि प्रचण्डले बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - १९:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology