Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आधा सिलिन्डर ग्यासको मूल्य सोह्र सय रुपियाँ

आधा सिलिन्डर ग्यासको मूल्य सोह्र सय रुपियाँ

images

इच्छाकामना न्युज

६, चैत्र २०८२
आधा सिलिन्डर ग्यासको मूल्य सोह्र सय रुपियाँ
images

रलिङ (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बेच्ने निर्णय गरेसँगै त्यसको प्रभाव हुम्लामा पनि परेको छ । हुम्लामा प्रभाव मात्रै नभई ग्यास सिलिन्डरको दुरुपयोग गर्दै आएका छन् । सिमकोट बजारमा आधा सिलिन्डरलाई एक हजार छ सय रुपियाँसम्म उपभोक्ताले तिर्ने गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएपछि उपभोक्ताको बाध्यता र पीडालाई बेवास्ता गर्दै केही पसलेले मौकाको फाइदा उठाउँदै खुलेआम महँगो मूल्यमा ग्यास बेचेका हुन् । जसले गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेको र दैनिकीलाई झनै कष्टकर बनाएको स्थानीय ऐटन रावलले गुनासो गर्नुभयो । 

त्यस्तै सिमकोट गाउँपालिका–६ की सुनिता महत रावतले आधा सिलिन्डरको एक हजार छ सय रुपियाँ तिर्नुपर्दा आफूहरू गम्भीर समस्यामा परेको गुनासो गर्नुभयो । दैनिक जीवन धान्नै मुस्किल भएको बेला यस्तो चर्को मूल्यमा ग्यास किन्नुपर्दा निकै पीडा भएको स्थानीयले गुनासो गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बजारमा यसरी कालोबजारी गर्न नमिल्ने बताउनुभयो । उहाँले पहिलो पटक मूल्य थपघट गर्ने व्यवसायीलाई सचेत गराएको र यस्तो गरेको पाइएमा नियम अनुसार कारबाहीसमेत हुने जनाउनुभयो ।    

images
प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - ०७:२७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology