Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

तनहुँमा एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न, क्षमता अभिवृद्धिमा जोड

तनहुँमा एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न, क्षमता अभिवृद्धिमा जोड

images

इच्छाकामना न्युज

५, चैत्र २०८२
तनहुँमा एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न, क्षमता अभिवृद्धिमा जोड
images

दमौली।  नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको कार्यालयको सहयोगमा दुई दिने एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको तालिम बिहीबार समापन गरिएको हो।

तालिममा जिल्लाभरका ४० सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी समाचार संकलन, सम्पादन तथा प्रकाशन गर्ने तरिका, मोबाइल पत्रकारितामार्फत छिटो, प्रभावकारी र गुणस्तरीय सामग्री उत्पादन गर्ने सीप सम्बन्धी जीवन भण्डारीले प्रशिक्षण दिएका थिए । 

समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र पनि रूपान्तरणको चरणमा रहेको उल्लेख गरिन् । उनले सिकाइ प्रक्रिया कहिल्यै नरोकिने भएकाले समयअनुकूल तालिमहरू सञ्चालन गर्न प्रेस रजिष्टारको कार्यालय सधैं सहकार्य गर्न तयार रहेको बताइन् । 

भण्डारीले सञ्चारमाध्यमहरूको संस्थागत विकासमा जोड दिँदै सामाजिक सुरक्षा कोषमा आबद्ध सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति रहेको जानकारी दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले पत्रकारहरूको क्षमता अभिवृद्धि नै गुणस्तरीय पत्रकारिताको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिने जानकारी दिए। उनले नयाँ प्रविधिसँग पत्रकारहरूलाई अद्यावधिक गराउन महासंघ प्रतिबद्ध रहेको धारणा राखे।

तालिमका सहभागीहरूले एआई र मोबाइल पत्रकारितासम्बन्धी सीपले आफूहरूको दैनिक समाचार सम्प्रेषण कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

समापन कार्यक्रममा पत्रकारहरु अन्जना तिमिल्सिना, राजेश्वर हड्खले, मिला दरै, सुनिता आचार्य, रामबहादुर घले, एसबि नेपाली लगायतले तालिम फलदायी भएको बताए ।

images
प्रकाशित मिति :चैत्र ५, २०८२ बिहिवार - २१:१२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology