Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

इच्छाकामना न्युज

५, चैत्र २०८२
रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

चितवन । नेकपा नेतृ रेनु दाहालले प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छन । उनले चैत ५ गते जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएकी हुन्। चितवन–३ बाट निर्वाचन लडेकी दाहालले निर्वाचन प्रतिनिधि अधिवक्ता गोपिलाल देवकोटा मार्फत बुझाइएको विवरणमा १४ लाख ६६ हजार ७ सय रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ।

images

निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिले ३१ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था रहेको छ। दाहालले त्यो भन्दा निकै कम रकम खर्च भएको विवरण पेस गरेकी हुन्। उनले मनोनयन दर्ता ५ हजार, प्रचारप्रसार सामग्री १ लाख १३ हजार ५ सय, मतदाता अनुशिक्षणमा ९० हजार, मतदान प्रतिनिधि अनुशिक्षणमा १ लाख ३० हजार, नमुना मतपत्र घोषणा छपाइमा १ लाख ३६ हजार,झण्डा व्यानर पमप्लेट १ लाख ४१ हजार, वडा स्तरीय प्रचारप्रसारमा २ लाख ८० हजार, सवारी साधानमा ३ लाख , संचार माध्याम तथा माइकिङमा २ लाख १८ हजार र विविधमा ५३ हजार २ सय रुपैंया खर्च भएको विवरण पेस गरेकी छिन्। यसअघि यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की नेतृ सोबिता गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण बुझाएकी थिइन ।

images
प्रकाशित मिति :चैत्र ५, २०८२ बिहिवार - २०:४७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology