Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

निर्वाचन आयोगको सम्पूर्ण तयारी पूरा, २३ हजार ११२ मतदान केन्द्रमा पुगे कर्मचारी

निर्वाचन आयोगको सम्पूर्ण तयारी पूरा, २३ हजार ११२ मतदान केन्द्रमा पुगे कर्मचारी

इच्छाकामना न्युज

२०, फाल्गुण २०८२
निर्वाचन आयोगको सम्पूर्ण तयारी पूरा, २३ हजार ११२ मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै व्यवस्थापन कार्य सम्पन्न भइसकेका छन्।

images

आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा खटिएर मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। पछिल्लो विवरणअनुसार आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा पुगिसकेका छन्। मतदान अधिकृतहरूले केन्द्रमा सूचना टाँस गर्ने, प्रशासनिक व्यवस्थापन मिलाउनेलगायतका आवश्यक तयारी गरिरहेका छन्।

स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारहरूसँग सर्वदलीय बैठक गरी मतदान प्रक्रियाबारे साझा समझदारी बनाउने काम पनि भइरहेको आयोगले जनाएको छ। मतदान केन्द्रमा बुथ निर्माण कार्य भोलिसम्म सम्पन्न हुने र त्यसपछि तोकिएकै समयमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान सञ्चालन हुने प्रवक्ता भट्टराईले जानकारी दिए।

मतदानका क्रममा जिल्ला, निर्वाचन क्षेत्र वा मतदान केन्द्र तहमा देखिन सक्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको उनको भनाइ छ। सम्पूर्ण जनशक्ति, सामग्री र कार्यविभाजन मिलिसकेकोले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८२ बुधवार - १०:१३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology