Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मध्यपूर्वमा तनाव, नेपालसम्म प्रभाव

मध्यपूर्वमा तनाव, नेपालसम्म प्रभाव

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०८२
मध्यपूर्वमा तनाव, नेपालसम्म प्रभाव
images

अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ ।  इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो ।

८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा आसिन थिए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए । 

इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन् । भग्नावशेषबाट खामेनीको शव नै बरामद भएको तस्बिरसमेत सार्वजनिक भएका छन् । इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको छ । 

खामेनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ । इरानको सेना रिभुलसनरी गार्ड निकट समाचार संस्था ‘दी फार्स एजेन्सी’का अनुसार उनको निधन भएको शोकमा ४० दिनको शोक घोषणा गरिएको छ । त्यस्तै ७ दिनको सार्वजनिक विदा समेत घोषणा गरिएको छ ।

इरानी विद्यालयमा भएको क्षेप्यास्त्र प्रहारमा ८५ महिला विद्यार्थीको मृत्यु र ४५ जना घाइते भएका छन् ।

इजरायलले अमेरिकासँगको सहकार्यमा १० इरानी शहरहरूमा हवाई आक्रमण गरेको थियो । प्रतिक्रियामा, इरानले इजरायलमा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।

कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र युएईमा रहेका अमेरिकी आधार शिविरहरूलाई इरानले निशाना बनाएको छ । यसबाहेक, इरानले युएईको सबैभन्दा बढी जनसंख्या भएको शहर दुबईमा पनि आक्रमण गरेको छ । 

नेपालसम्म प्रभाव

मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल र इरानका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न र अनावश्यक आवतजावत नगर्न सुझाव दिइएको छ ।

इजरायल र अमेरिकाले इरानमा हमला गरेपछि इरानले पनि जवाफी हमला गरेपछि मध्यपूर्वमा तनाव उत्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ बसोबास गरिरहेका १९ लाखभन्दा बढी नेपालीलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

इजरायल र इरान लगायतका देशहरूमा उत्पन्न तनावपूर्ण परिस्थितिका कारण कतार, कुवेत, युएई र बहराइन जस्ता मुलुकमा रहेका नेपालीहरूको सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै संघले सुरक्षालाई मुख्य प्राथमिकतामा राख्न अपिल गरेको हो। मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमले हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् । 

सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएका थिए ।

विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह समेत गरेको छ । विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - १०:१३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology