Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नयाँ सत्ता समिकरणका लागि कार्यदल गठन गरेपछि जसपामा आन्तरिक विवाद सुरु 

नयाँ सत्ता समिकरणका लागि कार्यदल गठन गरेपछि जसपामा आन्तरिक विवाद सुरु 

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७७
नयाँ सत्ता समिकरणका लागि कार्यदल गठन गरेपछि जसपामा आन्तरिक विवाद सुरु 
images

काठमाण्डौ, २६ फागुन । नयाँ सत्ता समिकरणका लागि भन्दै वार्ता टोली गठन गरेपछि जनता समाजवादी पार्टी भित्र आन्तरिक विवाद सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सत्ता समिकरणमा निर्णायक शक्ति बन्न पुगेकोजसपाका अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन गरेपछि आन्तरिक विवाद सुरु भएको हो ।

सांसद रेशम चौधरीको रिहाइलगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय हिजो सार्वजनिक भएको थियो ।जसपा अध्यक्ष ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टीका अधिकांश नेताले हिजो मात्रै पाएका थिए ।

त्यसपछि बैठकमै नेताहरूबीच विवाद भएको थियो । कार्यदललाई लिएर अध्यक्ष यादव, भट्टराईसहितका नेताले विरोध गरेपछि सबै पक्षसँग छलफल गर्ने र कार्यदलमा थप सदस्यसमेत राख्ने सहमति जुटेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:५३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology