Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मार्किचोक स्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन २२ दिनसम्म ठप्प रहने

मार्किचोक स्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन २२ दिनसम्म ठप्प रहने

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८२
मार्किचोक स्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन २२ दिनसम्म ठप्प रहने
images

आँबुखैरेनी । मस्र्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार सुरु भएको छ । मर्मत सम्भार कार्य सुरु भएपछि ६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत उत्पादन ठप्प भएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत उत्पादन बन्द गरिएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए ।

कालीगण्डकी लगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य गरिएको भट्टले जानकारी दिए । ‘बाँधमा बालुवा थुप्रिएर सफा गर्नुपर्ने भएको थियो । गेट पनि धन्नै भत्किने अवस्थामा पुगिसकेको थियो । सुरुङ र अन्य संरचनाहरुको पनि ठाउँठाउँमा मर्मतसम्भार गर्नुपर्ने भएको थियो’, भट्टले भने, ‘त्यसैले पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको छ । धमाधम मर्मत कार्य भइरहेको छ ।’

आउँदो चुनावको भोलिपल्ट अर्थात फागुन २२ गतेबाट सो आयोजनाको विद्युत उत्पादन सुचारु गर्ने उनले बताए । २०४२ सालदेखि सञ्चालन गरिएको मस्र्याङ्दी जलविद्युत आयोजनाको तीन टर्बाइनबाट ६९ मेगावाट विद्युत उत्पादन हुन्छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - ०९:१५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology