Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो : एक जना घाइते

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो : एक जना घाइते

इच्छाकामना न्युज

९, फाल्गुण २०८२
कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो : एक जना घाइते
images

कैलाली । कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

images
images

भीमदत्त राजमार्ग (धनगढी–डडेल्धुरा) अन्तर्गत कैलालीको अत्तरिया वनदेवी सडकखण्डमा हिजो बेलुका दुई वटा मोटरसाइकल ठोक्किएर तीन जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेश ०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली, सुदूरपश्चिम प्रदेश ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का २६ वर्षीय योगेन्द्र शाह र त्यहीँ मोटरसाइकलको पछाडि बसेका २३ वर्षीय हरिश पार्की रहेका छन् ।

घाइते गोदावरी नगरपालिका–६ लालपुरका जीवन पाठकको उपचार भैरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - ०८:३९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology