Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

निर्वाचन सामग्री तनहुँ आइपुग्यो, तयारी तीव्र

निर्वाचन सामग्री तनहुँ आइपुग्यो, तयारी तीव्र

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८२
निर्वाचन सामग्री तनहुँ आइपुग्यो, तयारी तीव्र
images

अमरराज नहर्की, तनहुँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री तनहुँ आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालनका लागि पठाएको मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावली लगायत सामग्री पठाएको हो ।

निर्वाचन कार्यालय तनहुँक सूचना अधिकारी दुर्गामाया आलेका अनुसार सामग्री प्राप्त भएसँगै जिल्लाभर वितरण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ । आवश्यक सामग्री क्रमशः मतदान केन्द्रहरूमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्लाभर कुल १४४ वटा मतदान स्थल र ३९० वटा मतदान केन्द्र रहेका छन् ।  सुरक्षा संवेदनशीलताका आधारमा ८ वटा केन्द्रलाई ‘अति संवेदनशील’, ५२ वटालाई ‘संवेदनशील’ र ८४ वटालाई ‘सामान्य’ सूचीमा राखिएको छ। विगतका घटनाक्रम, भौगोलिक दुरी, सडक पहुँच तथा पूर्वाधार अवस्थालाई आधार मानेर वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो ।

मतदान स्थलहरूमा आवश्यक मर्मतसम्भार, खानेपानी व्यवस्थापन तथा तारबारको काम सम्बन्धित वडाध्यक्षमार्फत भइरहेको छ । प्रमुख जिल्ला अधिकारी तिवारीले निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउँदै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रशासन पूर्ण सतर्क रहेको उल्लेख गर्नुभयो ।

प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले अति संवेदनशील तथा संवेदनशील केन्द्रहरूमा थप सुरक्षा बल परिचालन गरिने जानकारी दिनुभयो । तनहुँ क्षेत्र नं. १ मा १६ जना र क्षेत्र नं. २ मा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाभर दुई लाख ५४ हजार ३९७ मतदाता रहेका छन्। शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८२ शुक्रवार - ०९:०४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology