Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका २५ उजुरी

तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका २५ उजुरी

इच्छाकामना न्युज

८, फाल्गुण २०८२
तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका २५ उजुरी

अमरराज नहर्की, तनहुँ, फागुन ८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरू बढ्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार निर्वाचनलाई लक्षित गरी भइरहेका विभिन्न गतिविधिमा आचारसंहिता विपरीतका कार्य भएको भन्दै हालसम्म २५ वटा उजुरी दर्ता भएका छन् ।

images

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूको सङ्ख्या २५ पुगेको जानकारी दिँदै ती उजुरीका सम्बन्धमा सम्बन्धित पक्षसँग स्पष्टीकरण लिने र सचेत गराउने कार्य भइरहेको बताउनुभयो । प्रजिअ तिवारीका अनुसार तनहुँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले केही सामुदायिक विद्यालयमा वितरण गरेको डिजिटल स्मार्ट बोर्डमा उम्मेदवारको तस्बिर र सङ्केत फेला परेपछि उक्त सामग्री हटाउन लगाइएको छ ।

प्रजिअ तिवारीले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन हामीले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेका छौँ ।’’ प्रजिअ तिवारीका अनुसार “धेरैजसो उजुरीहरू राजनीतिक दलले गर्ने भीड प्रदर्शन, झण्डाको अत्यधिक प्रयोग र सरकारी कर्मचारीहरू निर्वाचन प्रचारप्रसारमा सङ्लग्न भएको विषयसँग सम्बन्धित छन् । आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने र अहिलेलाई मौखिक तथा लिखित रूपमा सचेत गराउने कार्य भइरहेको उल्लेख गर्नुभयो ।

तनहुँ क्षेत्र नं. १ मा १६ जना र क्षेत्र नं. २ मा ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । जिल्लाभर कुल दुई लाख ५४ हजार ३९७ मतदाता रहेको यस निर्वाचनमा सुरक्षा व्यवस्थालाई समेत मजबुत बनाइएको प्रशासनले जनाएको छ । निर्वाचन आचारसंहिता अनुगमनका लागि छुट्टै टोली परिचालन गरिएको र कुनै पनि किसिमका अवाञ्छित गतिविधि देखिए तत्काल जानकारी गराउन प्रजिअ तिवारीले अपिल गर्नुभएको छ । शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले पुनः आग्रह गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८२ शुक्रवार - ०८:५८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology