Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

इच्छाकामना न्युज

७, फाल्गुण २०८२
टी-२० विश्वकपमा आज तीन खेल हुँदै
images

काठमाडौं । जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन् । आज समूह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११:१५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुँदै छ ।

images
images

जारी विश्वकपमा वेस्ट इण्डिजले आफ्ना तिनै खेल जितेर सुपर आठमा पुगिसकेको छ भने इटालीले ३ मध्ये एक जित र २ हार बेहोरेर समूह चरणबाट बाहिरिइसकेको छ ।

त्यस्तै आज समूह बी अन्तर्गतका श्रीलङ्का र जिम्बाबे कोलम्बोमा दिउसो ३: १५ बजेदेखि खेल्दै छन् । समूह बी बाट श्रीलङ्का र जिम्बाबे दुवै सुपर आठमा पुगिसकेका छन् । श्रीलङ्का आफ्ना तिनै खेलमा विजयी हुँदै सुपर आठमा पुगेको छ भने जिम्बाबेले ३ खेलमा २ जित र एक खेल वर्षाले हुन नसक्दा कुल ५ अङ्क हासिल गर्दै सुपर आठमा पुगेको छ ।

त्यस्तै आज तेस्रो खेलमा समूह डी अन्तर्गतको अफगानिस्तान र क्यानडाबीच भारतको चेन्नईमा हुँदै छ । समूह डी बाट अफगानिस्तान र क्यानडा दुवै प्रतियोगिताबाट बाहिरिएका छन् ।

अफगानिस्तानले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने क्यानडाले तिनै खेलमा हार बेहोरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८२ बिहिवार - ०८:००:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology