Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कास्की-३ मा कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र

कास्की-३ मा कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
कास्की-३ मा कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र

पोखरा । कास्की क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र बनेको छ।

images

कास्की क्षेत्र नं. ३ मा कांग्रेस उम्मेद्वार गुरुङको सक्रियता र प्रतिबद्धताले चुनावी प्रतिस्पर्धा थप रोचक पनि बनेको छ।

विभिन्न टोल-बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै गुरुङले जनताका अपेक्षा सुन्दै र आफ्ना प्रतिबद्धता राख्दै आएका छन्।

उनले सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ को लान्द्रुक, तान्चोक, टोल्कालगायतका क्षेत्रका मतदातालाई भेटेका छन्।

सोक्रममा उनले कांग्रेस अब सच्चिएर अघि बढेको दाबी गरेका छन्। विगतका कमजोरीबाट पाठ सिक्दै पार्टी रूपान्तरणको बाटोमा हिँडेको उल्लेख गर्दै उनले “रूपान्तरित कांग्रेस” ले जनताको चाहना र समयको मागअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेद्वार गुरुङले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे।

‘जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले काम गर्ने, सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन नदिने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नेर्छौँ’, उनको अठोट छ।

उनले विगतका अनुभवबाट सिकेर असल कर्ममा निरन्तर लागिरहने प्रतिवद्धता पनि जनाए।

‘जनताको विश्वास जित्नु नै मेरो पहिलो जिम्मेवारी हो’, उनले भने, ‘म सदैव जनताको सेवामा समर्पित रहनेछु।’

स्थानीयले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा आफ्ना चासो राखेका थिए। उम्मेद्वार गुरुङले ती सबै मुद्दालाई आफूले प्राथमिकता दिने प्रतिवद्धता जनाए।

समानुपातिक उम्मेद्वार आइबहादुर नेपालीले दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरे ।

स्थानीय तहका वडा-वडामा दलित प्रतिनिधित्वको कानूनी व्यवस्था कांग्रेसकै पहलमा सम्भव भएको उनको जिकिर थियो ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १०:५४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology