Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्र चितवनले पनि राख्यो छुट्टै कार्यालय र बोर्ड

माओवादी केन्द्र चितवनले पनि राख्यो छुट्टै कार्यालय र बोर्ड

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
माओवादी केन्द्र चितवनले पनि राख्यो छुट्टै कार्यालय र बोर्ड

चितवन, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ ।

images

मंगलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताहरुले साविकको माओवादी केन्द्रको पार्टी कार्यालयमा माओवादी केन्द्र लेखेकै बोर्ड राखेका हुन् । पार्टी कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्विर समेत राखिएको छ । यस अघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुरको बोर्ड रहेको थियो ।

यसअघि आजै नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले पनि आफ्नो पहिलाको साविक पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सर्वोच्च अदालतले साविकको दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्काउने निर्णय गरेपछि दुई पार्टीहरु अलगअलग भएका छन् । अरुको नामसँग मिल्ने नाम राखेर एकता गरिएकाले सर्वोच्च अदालतले एकतालाई खारेज गरिएको र एकता गर्ने भए कानुनअनुसार आउन भनेको छ । निर्वाचन अयोगले पनि एकता गर्ने भए नयाँ नामसहित पुनः आउन भनेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १९:४६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology