काठमाण्डौ, २५ फागुन । नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालन लगायतका विषयमा वार्ता गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेसँग आवश्यकता अनुसार वार्ता गर्छौ, नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन । नेता श्रेष्ठका अनुसार संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।
साबिकको नेकपा विभाजित हुँदा केपी ओली समूहतिर लागेका नेताहरुबारे कुनै निर्णय भएको छैन ।