वर्तमान राजनीतिक अवस्था र भावी योजना तय गर्न जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज बस्दै छ ।दिउँसो १ बजे बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने नेता लक्ष्मणलाल कर्णले सीआईएनसँग बताउनुभयो ।
संसदको बैठक भोलि दिउँसो १ बजे बस्दै छ । गत आइतबारको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली काँग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि भावी सत्ता समीकरणमा काँग्रेस र जसपा निर्णायक देखिएका छन् ।