काठमाडौं । नयाँ नेतृत्व चयन भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको हो ।
विशेष महाधिवेशनबाट गठित गगनकुमार थापा नेतृत्वले शुक्रबार मात्रै आधिकारिकता पाएको थियो । बैठकमा सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।