Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्वोच्चको आदेशपछि निर्वाचन आयोग त्यसै आधारमा अघि बढ्ने 

सर्वोच्चको आदेशपछि निर्वाचन आयोग त्यसै आधारमा अघि बढ्ने 

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
सर्वोच्चको आदेशपछि निर्वाचन आयोग त्यसै आधारमा अघि बढ्ने 

काठमाण्डौ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने सर्वोच्चले आदेश दिएपछि निर्वाचन आयोग त्यसै अनुसार अघि बढ्ने भएको छ ।

images

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नगराउनू पनि सर्वोच्चले निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको छ । निर्वाचन आयोगले भने सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि आवश्यक निर्णय गर्ने जनाएको छ । सर्वोच्चको हिजोको निर्णयपछि प्रधानमन्त्री समेत रहनुभएका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अदलातको निर्णयको सम्मान गरिने बताउनुभयो ।

आगामी रणनीति बनाउन ओली समूहले भने संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बस्ने नेताहरूले बताएका छन् । प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले भने अदालतको निर्णयमा शङ्का व्यक्त गर्दै पार्टीमा छलफल गरी निर्णय लिइने बताउनुभयो । ओली पक्षका नेताहरुले भने नेकपा अब बिधिवत रुपमा एकता हुने बाटोमा पुगेको बताएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०९:०२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology