Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

तमुधीं जापानको २१ औँ अधिवेशन २१ डिसेम्बरमा टोकियोमा हुने

तमुधीं जापानको २१ औँ अधिवेशन २१ डिसेम्बरमा टोकियोमा हुने

images

इच्छाकामना न्युज

१३, मंसिर २०८२
तमुधीं जापानको २१ औँ अधिवेशन २१ डिसेम्बरमा टोकियोमा हुने
images

टोकियो, जापान – जापान मा रहेका गुरुङ समुदायको साझा संस्था तमुधीं जापानले आफ्नो २१औँ अधिवेशन २१ डिसेम्बर २०२५ मा आयोजना गर्न लागेको छ। अधिवेशनमा नयाँ नेतृत्व चयन गरिने छ । गुरुङ भाषा, संस्कार ,संस्कृति तथा पहिचान संरक्षणको विषयमा समेत छलफल हुने महासचिव विनय गुरुङ ले बताइएका छन ।

सन १९९५ मा स्थापना भएको तमुधीं जापानले दशकौँदेखि जापानमा बसोबास गर्ने गुरुङ हरूको सामाजिक, सांस्कृतिक र भाषिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ। हाल संस्थामा करिब १०० भन्दा बडि आजीवन सदस्यहरू सक्रिय छन्।

हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन गर्ने परम्परा अनुसार, यस अधिवेशनमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ। यसपटक निर्वाचन समितिमा पाँच सदस्यीय टोली चयन गरिएको छ।

निर्वाचन समितिका संयोजक ओम गुरूङ, उप संयोजक हर्क गुरुङ सदस्यहरुमा गिरी प्रसाद गुरूङ, भीम गुरूङ र रमेश कुमार गुरूङ रहेका छन ।

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - १०:४७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology