Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित 

नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित 

images

रमेश राना मगर

८, मंसिर २०८२
नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित 
images

टोकियो । नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा  रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् ।

जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठ नेपाल सन्देश डटकमका प्रधानसम्पादक हुन ।

जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मत सहित निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् ।

यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् । चौलागाईले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए ।

यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् । महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् ।

यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वास आचार्यल ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - १२:१४:४२ बजे

रमेश राना मगर

पत्रकार रमेश राना मगर इच्छाकामना न्युजको जापान प्रतिनिधि हुनुहुन्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology