Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेकपा नाम विवादमा सर्वोच्चले आज पैmसला दिने 

नेकपा नाम विवादमा सर्वोच्चले आज पैmसला दिने 

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
नेकपा नाम विवादमा सर्वोच्चले आज पैmसला दिने 

काठमाण्डौ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस समाप्त गरी निसुमा राखेको थियो।

images

आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगलेअरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वाेच्चमा मुद्दा दायर गर्नुभएको थियो । कट्टेलको मुद्दामा नेकपा विवाद चरम भइरहेको समयमा फैसला आउन लागेको हो। आजबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पु¥याउन सकेको छैन। यो अवस्थामा हुन लागेको फैसलाई चासोका साथ हेरिएको छ। सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ।

सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको छ। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०९:०१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology