Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दाको मिसिल मगाउन सर्वोच्चको आदेश

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दाको मिसिल मगाउन सर्वोच्चको आदेश

images

इच्छाकामना न्युज

४, मंसिर २०८२
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दाको मिसिल मगाउन सर्वोच्चको आदेश
images

गोरखा । सर्वोच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा दर्ता भएको मुद्दाको मिसिल झिकाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासले उक्त मुद्दामा मिसिल झिकाउन आदेश दिएको हो ।

सर्वोच्चमा कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दा तीन वर्षदेखि विचाराधीन छ । यो मुद्दामा २०८१ वैशाख १२ मा सरकारसहित सबै प्रतिवादीहलाई पेसीको सूचना दिने आदेश गरेको थियो । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले यस्तो आदेश गरेको थियो । त्यसपछि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

गोरखाका कृष्णप्रसादको हत्या २०६१ सालमा चितवनमा भएको थियो । तत्कालीन समयमा द्वन्द्वरत पक्ष नेकपा माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोपमा एकपछि अर्को अदालतमा मुद्दा चलिरहेको छ । अधिकारीका बुबा नन्दप्रसाद अधिकारीले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएसँगै जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा सुरु भएको थियो ।

आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले लगाएको मुद्दामा चितवन जिल्ला अदालतले २०७५ सालमा सबै प्रतिवादीलाई सफाइ दिएको थियो ।

उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०९:५७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology