Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने नेता बास्तोलाको भनाइ 

मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने नेता बास्तोलाको भनाइ 

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने नेता बास्तोलाको भनाइ 

काठमाण्डौ, २२ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य,मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताउनुभएको छ ।  जनताको मत लिनुपर्ने बताउँदै उहाँले हरेक विषयमा जनतमसंग्रह गरौं भन्ने पार्टीको धारणा रहेको बताउनुभयो । यसले जनतालाई परिचालित गर्ने र लोकतान्त्रिक समाज बनाउने पनि बास्तोलाले बताउनुभयो ।  

images

सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज रिपोर्टर्स क्लबमा पुगेर उहाँले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताउनुभयो । आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि उहाँको भनाइ थियो ।

राजनतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति धेरै लामो समयदेखि छलफल गर्दै आएको र नेपालको संविधानले कतिपय विषयलाई समेट्न नसकेकोले अब त्यसलाइ समेटेर अगाडी जाने उहाँको भनाइ थियो । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १७:५८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology